मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो
काठमाडाैं | पुस ३, २०७९
काठमाडौंः फिफा विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २-१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो । पराजित मोरक्को चौथो भएको छ ।
क्रोएसियाको जितमा जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक/एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल फर्काए । खेलको सातौंँ मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको नवौँ मिनेटमा नै दारीले गोल गरी मोरक्कोलाई बराबरीमा ल्याए ।
क्रोएसियाका सोरिसिचले खेलको ४२ औँ मिनेटमा गोल थपे । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि थप गोल हुन सकेन । सेमिफाइनलमा साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३-० गोल र मोरक्को साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो । उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

